पर्वतमा रहेकाे विश्वकै दोस्रो लामो जिपलाइनकाे सफल परीक्षण

  डेटूडे खबर डेस्क
  २७ असोज २०७८

                            

जनकपुरधाम ।  कुस्माको चाक्लेडिलमा अवस्थित विश्वकै दोस्रो लामो सुपरम्यान जिपलाइनको परीक्षण सफल भएको छ। सदरमुकाम कुश्मा नगरपालिका ५ चाक्लेको डिलबाट कालीगण्डकी नदीको किनारमा रहेको साउने बगरसम्म एक हजार ४०० मिटरको दूरीमा रहेको जिपलाइन को परीक्षण सफल भएको जिपलाइनका अध्यक्ष बिदुर पौडेलले बताउनुभयाे ।

उहाँका अनुसार कालिगण्डकी नदीमाथि २ सय ५० मिटर अग्लो जिपलाइनबाट कालिगण्डकी नदीका दुई भाग पार गर्न सकिन्छ । स्थानी ९ जना व्यवसायीहरुले ‘द हार्नेस कम्पनी मार्फत १५ करोडको लाग्तमा यो जिपलाइनन निमार्ण सम्पन्न गरिएको हो।

जिपलाइनको परीक्षण सफल भएसँगै पर्वतमा साहसिक पर्यटनको विकासकामा महत्वपूर्ण टेवा पुग्‍नेछ। यसैगरी हार्नेश जिपलाइनले पर्वत जिल्लालाई साहसिक खेलको जिल्लाकै रूपमा परिचित गराउन र मुस्ताङ आउजाउ गर्ने पर्यटकलाई पर्वतमा बस्नै मन लाग्ने बनाउनका लागि कालीगण्डकी नदीमा जेटस्की ९वाटर बाइक० समेत सञ्चालन गर्ने योजना बनाएको छ।

उक्त जिपलाइनको निर्माण भारतीय कम्पनी श्याम जिपलाइनले गरेको हो। नवीन म्यासीका अनुसार क्लासिक जिपलाइनमा कुर्सीमा बसेजस्तै गरेर डोरीमा बगिन्छ भने घोप्टो सुतेर गन्तव्यमा पुगिन्छ। पर्वतको जिपलाइनमा एकै पटकमा दुईजनासँगै झुण्डिएर यात्रा गर्न मिल्ने बनाइएको छ।

उक्त यात्रा ६० देखि ९० सेकेण्डको समय अवधिभित्र पूरा भइसक्नेछ। जिपलाइनमा प्रयोग हुने डोरीले एक पटकमा दुई हजार किलो तौल धान्न सक्ने कप्पनीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट