एक लाख ४० हजार घूससहित इन्जिनियर पक्राउ

  डेटूडे खबर डेस्क
  ०३ माघ २०७९

                            

काठमाडौंँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १ लाख ४० हजार रुपैयाँ घूससहित एक इन्जिनियरलाई पक्राउ गरेको छ । सप्तरीको शम्भुनाथ नगरपालिकामा कार्यरत इन्जिनियर रामचन्द्र साहलाई अख्तियारको इटहरी कार्यालयबाट खटिएको टोलीले पक्राउ गरेको हो । 

 निर्माण कार्यको भुक्तानी वापत सेवाग्राहीसँग घुस उजुरी परेपछि अख्तियारको टोली खटिएको थियो । साहलाई एक लाख चालीस हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा कार्यकक्षबाटै नियन्त्रणमा लिइएको अख्तियारले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट