सप्तरीमा छुट्टाछुट्टै स्थानमा आगलागी हुँदा लाखाैँकाे क्षति

  डेटूडे खबर डेस्क
  ०६ माघ २०७९

                            

सप्तरी । सप्तरीको दुई छुट्टाछुट्टै ठाउँमा आगलागी हुँदा लाखाैँकाे क्षति भएकाे प्रहरीले जनाएकाे छ।

रुपनी गाउँपालिका र तिरहुत गाउँपालिकामा आगलागी हुँदा ९ लाख ५० हजार रुपैयाँ बराबरको क्षति भएकाे हाे। आगलागीबाट दुई वटा घर जलेर नष्ट भएका छन् भने १३ वटा पशु चौपाया मरेका प्रहरीले जनाएकाे छ।

आज बिहान तिरहुत गाउँपालिका–४ डिमनका हरेराम यादवको घर नजिकै सल्केको आगोले हरेरामका छिमेकी तेजनारायण यादव र ओम नारायण यादवको घर जलेर नष्ट भएकाे जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रमुख प्रहरी उपरीक्षक अविनारायण काफ्लेले जानकारी दिए । आगलागीमा हरेरामको गोठमा रहेका दुई वटा खसी, दुईवटा पाडी र एउटा बाख्रा मरेकाे छन् ।

राजविराज, हनुमाननगर र कञ्चनरुप नगरपालिकाको दमकल, स्थानीय र सुरक्षाकर्मीको प्रयासमा आज बिहान पौने चार बजे आगाे निभाइएकाे हाे । आगलागीबाट घर, पशु चौपाया, लत्ताकपडा र अन्य सरसामान जलेर नष्ट भएकाे छ ।

यस्तै, सप्तरीको रुपनी गाउँपालिका-१ मा आगलागी भएको छ । स्थानीय मैयादी मियाँको गोठ नजिकबाट सुरु भएको आगलागीले उनको चारवटा खसी र चारवटा बाख्रा जलेका छन् । शम्भुनाथ नगरपालिकाको दमकल, स्थानीय र सुरक्षाकर्मीको सहयोगमा आगो निभाइएकाे प्रहरीले जनाएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट