तिलगङ्गा आँखा अस्पताललाई मानिक विश्वविद्यालयमा रुपान्तरण गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

  डेटूडे खबर डेस्क
  ०७ माघ २०७९

                            

काठमाण्डाैँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तिलगङ्गा आँखा केन्द्रलाई मानिक विश्वविद्यालयको रूपमा विकास गर्ने प्रतिबद्धता जनाउनु भएकाे छ । 

शनिवार आज तिलगङ्गा आँखा केन्द्रका निर्देशक डा. सन्दूक रुइतले प्रधानमन्त्री प्रचण्डसँगकाे भेटमा यससम्बन्धी चासो राखेपछि प्रधानमन्त्रीले प्रतिबद्धता व्यक्त गर्नुभएको हो। 'मानिक विश्वविद्यालय बनाउने विषयमा अत्यन्तै सकारात्मक छ' उहाँले भन्नुभयो, 'यससम्बन्धी आवश्यक नीतिगत सुधारका लागि आवश्यक पहल हुन्छ।'

प्रधानमन्त्री प्रचण्डले मानवीय सेवाका लागि डा. रुइतले हालैमात्र बहराइन सरकारद्वारा प्रदान हुँदै आएको ‘इसा अवार्ड’ प्राप्त गरेकोमा बधाइ दिँदै यो सम्मानले नेपालको शिर सम्मान राखेको बताउनुभयो। 'यो अवार्डले देशकै सम्मान बढाएको छ। नेपालमा अन्तर्राष्ट्रियस्तरका दक्ष जनशक्ति छन् भन्ने सन्देश दिएको छु' उहाँले भन्नुभयो, 'मानवीय सेवाका लागि तपाईँको योगदानको कदर देशकै कदर हो।'

प्रधानमन्त्री प्रचण्डले आँखाको उपचारका लागि सरकारका तर्फबाट आवश्यक अन्य सबै सहयोग गर्नेसमेत प्रतिबद्धता व्यक्त गर्नुभयो। भेटका अवसरमा डा. रुइतले आँखा उपचारको क्षेत्रमा नेपालले नमुना काम गरेको बताउँदै मोतियाबिन्दुको उपचारका लागिसमेत नेपालमा नै औषधि उत्पादन गर्न सकिने सम्भावनाबारे चर्चा गर्नुभएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट