विभिन्न मुद्दाका ३३२ जना फरार प्रतिवादी पक्राउ

  न्यूज डेस्क
  ११ माघ २०७९

                            

बारा- विभिन्न मुद्दाका ३३२ जना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । लामो समयदेखि अदालतबाट कैद तथा जरिवानाको फैसला भई कानुनी कारबाहीको दायराबाट भाग्दै लुकीछिपी बस्दै आएका फरार प्रतिवादीहरूलाई जिल्लाका विभिन्न ठाउँबाट पक्राउ गरेको हो ।

अदालतबाट फैसला कार्यान्वयनका लागि प्राप्त फरार प्रतिवादीहरूलाई पक्राउ गरी कानुनी कारबाहीको दायरामा ल्याउने उद्देश्यले सञ्चालित फरार प्रतिवादी पक्राउ अभियानअन्तर्गत ३३२ जना फरार प्रतिवादीलाई पक्राउ गरिएको हो ।

बैङ्किङ कसुर मुद्दा, हातहतियार खरखजाना मुद्दालगायतका मुद्दामा कैद तथा जरिवाना फैसला भई फरार रहेका पक्राउ परेका प्रतिवादीहरू मध्ये ३६ जनालाई थुनामा राख्न पर्सा कारागार कार्यालय चलान गरिएको छ भने बाँकी जरिवाना भुक्तान गरी मुक्त भएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट