हराएकी बालिका मृत भेटिइन्

  डेटूडे खबर डेस्क
  १५ माघ २०७९

                            

महोत्तरी । जिल्लाको लोहारपट्टी नगरपालिका–५ डठौरा गाउँबाट शनिबारदेखि बेपत्ता बनेकी एक बालिका मृतावस्थामा भेटिएकी छन् ।

हराएकी बालिकाको शव आइतबार पोखरीमा फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सन्तोषकुमार पोखरेलले बताए । स्थानीय अरुण दासकी छोरी चार वर्षीया अंशुकुमारीको शव आज बिहान १० बजे आफ्नै घर पछाडि रहेको पोखरीमा डुबेको अवस्थमा फेला परेको उनले जानकारी दिए ।

बालिका शनिबार खेल्दाखेल्दै घरबाट हराएकी थिइन् । उनलाई परिवारजन  र प्रहरीले शनिबार सबैतिर खोजतलाश गरिसक्दा पनि फेला पारेका थिएनन् ।

आज उनको शव आफ्नै घर पछाडि  पाेखरीमा तैरिरहेकाे रहेको  अवस्थामा फेला परेको  प्रहरीले जनाएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट