लागू औषधसहित चार जना पक्राउ
 
                  
                            
                             डेटूडे खबर डेस्क  
                            
                             
                              १५ माघ २०७९  
  
                        
                            जनकपुरधाम । जनकपुरधामस्थित पीडारीचोकबाट  लागू औषधसहित चार जना पक्राउ परेकाे छ ।
जिल्ला प्रहरी कार्यालय धनुषाले प्रतिबन्धित एक्सप्लोन नामक ४९३ बोतल लागूऔषधसहित चार जनालाई  पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा अटो चालक धनुषाको नगराइन नगरपालिका–७ का २२ वर्षीय दिलसाद नदाफ, सोही ठाउँ बस्ने मोटरसाइकल चालक २२ वर्षीय भरोसी यादव र सोही मोटरसाइकलमा सवार २१ वर्षीय इसराइन नदाफ रहेका छन् ।
यस्तै ज.६प.१७८ नम्बरको मोटरसाइकल चालक जनकपुरधाम उपमहानगरपालिका– ४ बस्ने ३२ वर्षीय दीपककुमार पूर्वेलाई समेत पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले बताएका छन् ।
                        
                     
                    
                   |
 |  
                            
 
  
                            
                            
                            
                           _1761906109.jpg) 
                            
                           