जनकपुर यातायात कार्यालयबाट बिचौलिया पक्राउ

  न्यूज डेस्क
  २१ माघ २०७९

                            

जनकपुरधाम- यातायात व्यवस्था कार्यालय जनकपुरबाट एक बिचौलियालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा महोत्तरीको सोनमा गाउँपालिका-४ का ३० वर्षीय आदित्य यादव रहेका छन्।

 

यातायात व्यवस्था कार्यालय जनकपुरमा आउने सेवाग्राहीहरूलाई काम छिटो छरितो गराइदिन्छु भनि आर्थिक लाभ लिई बिचौलियाको काम गरिरहेको छ भन्ने गोप्य सूचनाका आधारमा खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो।

शुक्रबार यातायात कार्यालयमा सेवाग्राहीहरूसँग बार्गेनिङ गरिरहेको अवस्थामा यादवलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

पक्राउ परेका यादवमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

यसअघि प्रहरीले बुधबार जिल्ला प्रशासन कार्यालय धनुषामा बिचौलियाको काम गर्ने जनकपुरधाम उपमहानगरपालिका-१२ हनुमाननगर बस्ने ६० वर्षीय रामनारायण साहलाई पक्राउ गरेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट