सिरहाबाट ठूलो परिमाणमा नक्कली नोट बरामद

  डेटूडे खबर डेस्क
  २२ माघ २०७९

                            

सिरहा  । सिरहा लहान नगरपालिका-८ पशुपति स्कुलको गेट नजिकबाट ठूलो परिमाणमा नक्कली नेपाली नोट बरामद भएको छ ।

त्यहाँबाट १ हजार दरको ४ लाख ३५ हजार रुपैयाँको नक्कली नोट र सोही आकारको कागजातहरू ३३ बण्डल सहित सोही नगरपालिका-१९ छरापट्टी बस्ने ३० वर्षीय ओसिन सेख समेत दुई जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।

मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरधाम, ईलाका प्रहरी कार्यालय लहान र सशस्त्र प्रहरी बल नेपाल लहानबाट संयुक्त रूपमा खटिएको प्रहरीले टोलीले जाँच गर्ने क्रममा उक्त नक्कली नोट सहित फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट