साफ यू–२० फाइनल : नेपाल बङ्गलादेशसँग पराजित

  डेटूडे खबर डेस्क
  २६ माघ २०७९

                            

एजेन्सी । २० वर्षमुनिको साफ महिला च्याम्पियनशिप फुटबलको फाइनलमा नेपाल बङ्गलादेशसँग पराजित भएकाे छ ।

बङ्गलादेशकाे ढाकामा भएकाे खेलमा नेपाल घरेलु टाेलीसँग ३–० गाेलले पराजित भयाे । पहिलाे हाफमा दुई गाेल गरेकाे बङ्गलादेशले दाेस्राे हाफमा एक गाेल थप्याे । बङ्गलादेशका लागि शाहिदा अक्टर रिपा, शामसुनाहर जुनियर र उन्नोती खातुनले १/१ गोल गरे ।

लिग चरणकाे अन्तिम खेलमा भारतलाई हराउँदै फाइनल पुगेकाे नेपाल उपविजेता बन्न पुग्याे । बङ्गलादेश भने अपराजित रहँदै विजेता बन्याे । नेपाल लिग चरणकाे खेलमा पनि बङ्गलादेशसँग ३–१ गाेलले पराजित भएकाे थियाे । 

प्रतियाेगितामा नेपाल र बङ्गलादेशसहित भारत र भुटानकाे सहभागिता रहेकाे थियाे । सिङ्गल राउन्ड राेबिनको आधारमा भएको प्रतियोगितामा बङ्गलादेश र नेपाल शीर्ष दुई टोलीकाे रूपमा फाइनलमा पुगेका हुन् ।यसअघि १८ र १९ वर्षमुनिकाे फर्म्याटमा हुँदै आएको च्याम्पियनशिप यस पटक २० वर्षमुनिकाे फर्म्याटमा भएकाे हाे ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट