बाल्टिनको पानीमा डुबेर १ वर्षीय बालकको मृत्यु

डेटूडे खबर डेस्क
२६ माघ २०७९
सिरहा । सिरहामा खेल्ने क्रममा बाल्टिनमा राखेको पानीमा डुबेर एक वर्षीय बालकको निधन भएको छ ।
जिल्लाको मिर्चैया नगरपालिका-१२ सिक्रोन बस्ने दिपक कापरको छोरा एक वर्षीय गोलु कापरको बाल्टिनको पानीमा डुबेर बिहीबार बिहान निधन भएको हो ।
आफ्नै घर अगाडि खेल्ने क्रममा भरिएको बाल्टिनको पानीमा डुबेर गम्भीर घाइते भएका उनको मंगलम अस्पताल मिर्चैयामा सामान्य उपचार पश्चात् थप उपचारको लागि मिर्चैया अस्पताल लगिएकोमा उपचारको क्रममा चिकित्सकले मृत घोषित गरेका हुन्।
यकिन तथ्याङ्क नभए पनि वार्षिक रूपमा केही दर्जन बालबालिकाहरूको बाल्टिनको पानीमा डुबेर निधन हुने गरेको छ ।