पैसा मागेको आरोपमा विमानस्थलका महाप्रबन्धक ठाकुर निलम्बन

  डेटूडे खबर डेस्क
  २७ माघ २०७९

                            

काठमाडौं  । गैरकानुनी तरिकाले लाभ लिन खोजेको आरोपमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुर निलम्बनमा परेका छन्।

 संस्कृति, पर्यटन तथा नागरिक उड्डयन उड्डयन मन्त्रालयका प्रवक्ता राजेन्द्रकुमार केसीका अनुसार ठाकुरले थाई स्माइल एयरलाइन्सका प्रतिनिधिसँग गैरकानुनी लाभ लिने उद्देश्यले गरेको कुराकानीको श्रव्य सामग्री प्राप्त भएको छ। श्रव्य सामग्रीमा के कति रकम मागिएको भन्ने विषय भने पत्रमा खुलाइएको छैन।

सोमबार जाँचबुझ गर्ने सिलसिलामा पदबाट निलम्बन गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणका महाप्रबन्धकलाई लेखी पठाइएको उनले बताए।

साथै यो विषय छानबिनका लागि अख्तियार अनुसन्धान आयोगमा समेत पठाइने बताइएको छ। पछिल्लो समय संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सेवा र सरसफाई द्रुत हुनुपर्ने भन्दै तीव्र रूपमा चासो दिएर अनुगमनका साथै निर्देशन दिने गरेका छन्।

साथै मन्त्री किराँतीले सामजिक सञ्जालमा निर्ममतापूर्वक निर्णय गर्नुपर्नेका चार कारणहरू उल्लेख गरेका छन्। चार कारणहरूमा उनले पहिलोमा सम्माननीय प्रधानमन्त्रीज्यूले दिएको निर्देशन, दोस्रोमा भ्रष्टाचारको अन्त्य र सुशासन कायम गर्ने नेपाल सरकारको नीति, तेस्रोमा देश र जनताको निम्ति हामीले खाएको शपथ र चौथो कारणमा हामीलाई परिणाम नल्याउने छुट नभएको भनी उल्लेख गरेका छन्।

साथै उनले अन्तमा लेखेका छन्, 'अन्तमा भ्रष्टाचार हाम्रो महाशत्रु हो। भ्रष्टाचारमाथि विजय आजको आवश्यकता हो।'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट