चिकित्सकमाथि हातपात गर्ने प्रहरी निलम्बित

  डेटूडे खबर डेस्क
  २८ माघ २०७९

                            

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारी सवारी भएका बेला सडक खाली गर्ने क्रममा ट्रमा सेन्टरका चिकित्सकलाई कुटपिट गर्ने प्रहरी अधिकारी निलम्बनमा परेका छन् ।

सो घटनामा संलग्न भनिएका महानगरीय प्रहरी वृत्त जनसेवाका वरिष्ठ प्रहरी हवल्दार शम्भूजंग गुरुङलाई जिल्ला प्रहरी परिसर काठमाडौँले निलम्बन गरेको हो।

नेपाल चिकित्सक संघले पनि विज्ञप्ति जारी गरेर सुरक्षाकर्मीबाटै गरिएको त्यस प्रकारको अस्वाभाविक र अत्यन्तै भर्त्सनायोग्य गतिविधिप्रति निन्दा व्यक्त गरेर दोषीलाई कडाभन्दा कडा कानुनी कारबाही गर्न माग गरेको थियो । संघले २४ घण्टाभित्र दोषमाथि कानुनी कारबाही नगरिएको अवस्थामा आन्दोलनका कार्यक्रमहरु घोषणा गर्ने बताएको थियो ।

शुक्रवार दिउँसो राष्ट्रपति भण्डारी सङ्घीय संसद्को संयुक्त सदनलाई सम्बोधन गरेर फर्किने क्रममा बाटोमा हिँडेको भन्दै ट्रमा सेन्टरका चिकित्सक डा. जनिथलाल सिंह कुटिएका थिए ।

चिकित्सकमाथि कुटपिट भएको विषयलाई लिएर आज माइतीघरमा विरोध प्रदर्शन भएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट