अध्यक्षमाथि सुरक्षा निकायले कारबाही नगरे आन्दोलनकाे चेतावनी

  डेटूडे खबर डेस्क
  ०२ फाल्गुण २०७९

                            

जनकपुरधाम । निजामती कर्मचारी युनियनले अध्यक्षमाथि कारबाही नगरे आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

शुक्रबार नेपाल निजामती कर्मचारी संगठनले प्रेस विज्ञप्ति जारी गर्दै माघ २५ गते मुखियापट्टी मुसहरनिया गाउँपालिकामा कार्यरत श्रवण कुमार यादव र आन्तरिक लेखापाललमई सोही गाउँपालिकाका अध्यक्ष जय कुमार यादवलगायतको घट्नाले कर्मचारी यूनियन घोर निन्दा गरेको उक्त घटना प्रति हामी युनियन परिवार घोर भत्सना गरेको विज्ञवप्तमा उल्लेख छ ।

 अहोरात्र खटिएका राष्ट्रसेवक कर्मचारी माथि गरिएको भौतिक एवं मानसिक आक्रमण समग्र राष्ट्रसेवक कर्मचारीमाथि कै प्रहार हो भन्ने हाम्रो ठहर रहेको उल्लेख छ ।

दोषिमलाई कारबाहीको लागि सम्बन्धित निकाय समक्ष जोडदार माग गर्दछौ ।

यदि दोषीमाथि उचित तथा पीडितलाई उचित न्याय नभएको खण्डमा नेपाल निजामती कर्मचारी युनियन जिल्ला कार्यसमिति धनुषाले चरणवद्ध आन्दोन गर्ने विज्ञप्तिमा जनाइएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट