सप्तरीमा आत्मदाह गरेकी महिलाको निधन

  डेटूडे खबर डेस्क
  ०५ फाल्गुण २०७९

                            

सप्तरीमा आज (शुक्रवार) आत्मदाह गरेकी एक महिलाको निधन भएको छ ।

आत्मदाह गर्नेमा जिल्लाको तिलाठी कोइलाडी गाउँपालिका-४ तेलियारी टोल बस्ने राजकुमार साहकी ४० बर्सिया श्रीमती राजुदेवी साह रहेकी छन् ।

घरमा कोही नभएको बेलामा घर बाहिर रहेको शौचालयभित्र आफ्नै शरीरमा आगो लगाई उनले आत्मदाह गरेकी थिइन् । उनको घटनास्थलमै निधन भएको सप्तरी प्रहरी प्रवक्ता एवं डिएसपी नरेश कुमार सिंहले केटिएम दैनिकलाई बताए ।

प्रवक्ता सिंहका अनुसार उनले आफ्नो शरीरमा प्रज्वलनशील पदार्थ शरीरमा छर्किएर आगो लगाएको खुलेको छ । आत्मदाह गर्नुको कारण खुल्न नसकेको र यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट