मोटरसाइकलको ठक्करबाट सात वर्षकी बालिकाको मृत्यु

  डेटूडे खबर डेस्क
  ०८ फाल्गुण २०७९

                            

सुनसरी । सुनसरीको हरिनगर गाउँपालिका-१ मा मोटरसाइकलको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा सुबोध मुखीयाकी सात वर्षीया छोरी नैना कुमारी रहेकी छिन् ।

गम्भिर घाइते बालिकाको उपचारको क्रममा गोल्डेन अस्पताल बिराटनगरमा मृत्यु भएको हो । को २५ प ८८ ०९ नम्बरको मोटरसाइकलले सडक पार गर्दै गरेकी बालिकालाई ठक्कर दिएको थियो।

ठक्कर दिने मोटरसाइकल चालक नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट