पूर्व मन्त्री श्रेष्ठको निधन

  डेटूडे खबर डेस्क
  ०८ फाल्गुण २०७९

                            

काठमाडौँ  ।  पूर्वस्वास्थ्यमन्त्री तथा प्राध्यापक डा.मथुराप्रसाद श्रेष्ठको ८८ वर्षको उमेरमा निधन भएको छ ।

श्रेष्ठको उपचारका क्रममा आज बिहान माइतीघरस्थित अन्नपूर्ण न्युरो अस्पतालमा निधन भएको हो ।

वामपन्थी बुद्धिजीवी श्रेष्ठले चिकित्सकले समुदायमै गएर उपचार गर्नुपर्छ भन्ने मान्यता बोकेका थिए । उनी लामो समयदेखि दम र छातीको सङ्क्रमणले थलिएका थिए ।

विसं २०४६ मा प्रजातन्त्रको पुनर्बहाली भएपछि बनेको सरकारमा उनी नागरिक समाजका तर्फबाट स्वास्थ्य मन्त्री थिए । उनका ६ छोरा र एक छोरी छन् ।

उनको मङ्गलवार पशुपति आर्यघाटमा दाह संस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट