सवारी दुर्घटनामा ३ जनाको निधन १जना घाइते

  डेटूडे खबर डेस्क
  १० फाल्गुण २०७९

                            

विराटनगर । झापा, मोरङ र सुनसरीको छुट्टा छुट्टै स्थानहरूमा सवारी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

हिजो सुनसरीको इटहरी उप-महानगरपालिका-१० खनार स्थित दक्षिणबाट उत्तर तर्फ जाँदै गरेको को २ ह ६४३२ नम्बरको सिटी सफारी आफै अनियन्त्रित भई पल्टिदा घाइते भएका सिटीमा सवार इटहरी- १० का ४० वर्षीय सुरेन्द्र सरदारको उपचारको क्रममा विराट टिचिङ अस्पताल विराटनगरमा मृत्यु भएको हो ।

यसै गरी आज मोरङको बेलबारी नगरपालिका-१ शिशौली चोक स्थितमा पश्चिमबाट पूर्व तर्फ आउँदै गरेको ना ५ ख ६९४२ नम्बरको बसले सोही दिशा तर्फ आउँदै गरेको २ वटा साइकललाई ठक्कर दिँदा घाइते भएका साईकल यात्री बेलबारी- २ का १९ वर्षीय लेखनाथ चौहानलाई उपचारको लागि नोबेल अस्पताल विराटनगर पुर्‍याउन साथ मृत्यु भएको थियो भने अर्का साईकल यात्री १८ वर्षीय राम बस्नेतको नोबेल अस्पतालमा उपचार भइरहेको छ ।

यसै गरी आज झापाको कनकाई नगरपालिका- १ दुर्गापुर चोक स्थितमा पश्चिमबाट पूर्व तर्फ आउँदै गरेको प्र १-०१-०१६-३१५९ नम्बरको मोटरसाईकललाई विपरीत दिशाबाट आउँदै गरेको बा ४ ख ९३१९ नम्बरको बिर्तामोड-२ स्थित रहेको निधी क्याम्पसको बसले ठक्कर दिँदा घाइते भएका मोटरसाइकल चालक ताप्लेजुङ श्रीजंघा गाउँपालिका-४ का ३५ वर्षीय समीर लिम्बुको उपचारको क्रममा B&C अस्पताल बिर्तामोडमा मृत्यु भएको हो ।

सबै दुर्घटनामा संलग्न सवारी साधनहरू र चालक प्रहरीले नियन्त्रणमा लिई घटनाको थप अनुसन्धान भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट