सांसद चौधरीको निलम्बन फुकुवा

  डेटूडे खबर डेस्क
  १० फाल्गुण २०७९

                            

काठमाडौंँ । नागरिक उन्मुक्ति पार्टीका निलम्बित सांसद अरुनकुमार चौधरीको निलम्बन फुकुवा भएको छ ।

 

प्रतिनिधिसभाको आजको बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिबाट प्रजातन्त्र दिवसका अवसरमा सांसद चौधरीको कैद मिनाहा भएको व्यहोराको पत्र सदनलाई जानकारी गराएपछि सांसद चौधरीको निलम्बन फुकुवा भएको हो ।

 

आन्दोलनका क्रममा ट्र्याक्टरमा आगजनीको घटनामा सांसद चौधरी जेल परेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट