जसपाका सांसद रहमानको निधन

  डेटूडे खबर डेस्क
  १३ फाल्गुण २०७९

                            

काठमाडौँ । जनता समाजवादी पार्टी नेपालका प्रतिनिधिसभा सदस्य सहनाज रहमानको निधन भएको छ ।

जसपाका नेता अमरेन्द्र यादवका अनुसार रहमानलाई ह्रदयघातका कारण निधन भएको हो । भक्तपुरको एक पिकनिक कार्यक्रममा गएको बेला अचानक मुटु दुख्न थालेपछि उनलाई भक्तपुरकै एक अस्पतालमा भर्ना गरिएको थियो ।

उपचारको क्रममा उनको निधन भएको नेता यादवले बताए । रहमान झापाकी हुन् । उनी जसपाका केन्द्रीय सदस्य हुन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट