४८ कर्मचारी माग गर्दा १,६८२ जनाको आवेदन

  डेटूडे खबर डेस्क
  १३ फाल्गुण २०७९

                            

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले विभिन्न ४८ पदका लागि कर्मचारी माग गर्दा १ हजार ६८२ जनाले आवेदन बुझाएका छन् । सबैभन्दा बढी कम्प्युटर अपरेटरका लागि दरखास्त परेको छ ।

कम्प्युटर अपरेटर ३३ जना माग गरेकामा आवेदन बुझाउने अन्तिम दिन बिहीबारसम्म १ हजार ४८० जनाको आवेदन परेको प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेलले जानकारी दिए ।

२ जना सिभिल इन्जिनियरको माग भएकोमा २४ जना, १/१ जना माग भएको रोजगार सहायक र कम्प्युटर इन्जिनियर पदमा क्रमशः २८ र ३१ जना, अमीन सहायक चौथोका लागि ११ जना माग भएकोमा ११९ जनाको आवेदन परेको छ ।

महानगरले गत २५ माघमा सूचना प्रकाशित गर्दै दरखास्त आह्वान गरेको थियो । परीक्षा मिति केही दिनमा सार्वजनिक गरिने प्रमुख प्रशासकीय अधिकृत पौडेलले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट