प्रेस मञ्च नेपालको मधेस प्रदेश संयोजकमा यादव र महासचिवमा झा चयन

  डेटूडे खबर डेस्क
  १५ फाल्गुण २०७९

                            

 जनकपुरधाम। जनता समाजवादी पार्टी नेपाल (जसपा) निकट पत्रकारहरको संगठन प्रेस मञ्च नेपालको मधेस प्रदेश संयोजकमा अभरेन्द्रकुमार यादव, सह–संयोजक रामहृदय यादव, महासचिवमा बन्दना झा र कोषाध्यक्षमा माला राय चयन भएका छन् ।

 त्यस्तै सदस्यहरुमा  अर्जुन मण्डल, जितेन्द्रसिंह दनुवार, प्रेम चौहान, अरबिन्दकुमार महतो, राजकुमार पासवान, स्मृति मिश्रा, कुलदिप दास रहेका  छन् । समितिको सल्लाहकारहरुमा मनोज यादव, श्यामसुन्दर यादव, मुकेश ठाकुर र अशोक दत्त चयन गरिएको आयोजक समितिका संयोजक यादवले जानकारी दिएका छन् ।

भेलाले मधेस प्रदेश अन्तर्गत अधिवेशन हुन बाँकी रहेका जिल्लाहरुमा तुरुन्त अधिवेशन सम्पन्न गर्दै ३ महिनाभित्र प्रदेश अधिवेशन सम्पन्न गर्ने निर्णय गरेको प्रेस मञ्च नेपाल संघीय समितिका उपाध्यक्ष मनोज यादवले जानकारी दिएका छन् । उनलाई प्रेस मञ्च नेपालको माघ २८ गते सम्पन्न सचिवालय बैठकले मधेस प्रदेशमा संगठन सुदुढीकरणको जिम्मेवारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट