३६ बलमै शतक, पिएसएल इतिहासकै उच्च योगफल

  डेटूडे खबर डेस्क
  २८ फाल्गुण २०७९

                            

एजेन्सी – ओपनर उस्मान खानले कीर्तिमानी शतकमा मुल्तान सुल्तान्सले पाकिस्तान सुपर लिगमा क्वेटा ग्ल्याडियटर्सलाई २ सय ६३ रनको विशाल लक्ष्य दिएको छ । रावलपिंडी क्रिकेट स्टेडियममा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको मुल्तानले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २ सय ६२ रन बनायो ।

मुल्तानका उस्मान खानले ४३ बलमा १२ चौका र ९ छक्कासहित १ सय २० रनको विष्फोटक शतकीय इनिङ खेले । उनले ३६ बलमा शतक पूरा गरेका थिए । पिएसएल इतिहासमा यो सर्वाधिक छिटो शतक हो । उनले २४ घण्टा अघि मुल्तानकै राइली रोसोउले पेशावार जाल्मीविरुद्ध बनाएको ४१ बलको शतकको कीर्तिमान तोडेका थिए ।

त्यस्तै यो पिएसएल इतिहासकै उच्च योगफल हो । यसअघि पिएसएलको उच्च योगफल २०२१ मा इस्लामबाद युनाइटेडले पेशावार जाल्मीविरुद्ध २ सय ४७ रन बनाएको थियो । पहिलो विकेटका लागि मोहम्मद रिजवान र उस्मान खानले मात्रै १० ओभरमा १ सय ५७ रनको विष्फोटक शतकीय साझेदारी गरेका थिए ।

उस्मान स्पिनर मोहम्मद नवाजको वाइड बलमा अघि बढेर सट खेल्ने धुनमा स्टम्पिङ आउट भएका थिए । टिम डेविड २५ बलमा १ चौका र ४ छक्कासहित ४३ रनमा अविजित रहे । काइरन पोलार्ड १४ बलमा २ चौका र १ छक्कासहित २३ रनमा अविजित रहे । रिजवान २९ बलमा ६ चौका र २ छक्कासहित ५५ र राइली रोसोउ १५ रनमा आउट भए ।

क्वेटाका स्पिनर क्विस अहमदले ४ ओभरमा ७७ रन खर्चेर २ विकेट लिए । मोहम्मद नवाजले एक विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट