गुडिरहेको मोटरसाइकलबाट खसेर महिलाको मृत्यु

डेटूडे खबर डेस्क
०१ चैत्र २०७९
सुनसरी। गुडिरहेको मोटरसाइकलबाट खसेर सुनसरीको बर्जु गाउँपालिका २ ढट्टाटोलमा एक महिलाको मृत्यु भएका छ । को ७ प ५६५ नम्बरको मोटरसाईकलमा पछाडि सवार सुनसरीकै बर्जु गाउँपालिका ३ बस्ने ३६ बर्षीया चन्द्रकलादेबी राय गम्भीर घाइते भएकी थिइन् ।
उपचारका लागि उनलाई अस्पताल पुर्याउना साथ चिकित्सकले मृत घोषणा गरेका थिए । मोटरसाइकलका चालक मृतक महिलाका श्रीमानलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यसैगरी भोजपुरको रामप्रसाद दराई गाउँपालिका ५ लुगेनी भौडीमा ट्रयाक्टर दुर्घटना हुँदा चालकको घटनास्थलमानै मृत्यु भएको छ । सोही स्थानका १८ वर्षीय भीमबहादुर तामाङको मृत्यु भएको हो । बैकुण्ठेबाट मानेभञ्ज्याङ तर्फ आउँदै गरेको ना ३ त ३४५९ नम्बरको ट्रयाक्टर अनियन्त्रित भई सडकदेखि करिब डेढसय मिटर तल खसेको अस्थायी प्रहरी चौकी मानेभञ्ज्याङले जनाएको छ ।
यस्तै दाङको लमही नगरपालिका ९ रिहारमा ट्रयाक्टरको ट्रलिबाट खसेर एक जनाको मृत्यु भएको छ । रा ७ त २२८६ नम्बरको ट्रयाक्टरको ट्रलिबाट खसेर गम्भीर घाईते भएका सोही ठाउँका २० वर्षीय करण बर्माको उपचारको क्रममा लमही अस्पतालमा मृत्यु भएको हो । ट्रयाक्टर चालकलाई नियन्त्रणमा लिएको दाङ प्रहरीले जनाएको छ ।