सर्वोदयद्वारा एसइइ दिने विद्यार्थीहरुलाई विदाइ कार्यक्रम

  डेटूडे खबर डेस्क
  ०४ चैत्र २०७९

                            

जनकपुरधाम । सर्वोदय ल एण्ड मेनेजमेन्ट स्कूलद्वारा एसइइका विद्यार्थीहरुलाई कार्यक्रमको आयोजना गरी खाधा ओढाइ टोकन अफ लभ प्रदान गरेका छन् । 

सर्वोदय ल एण्ड म्यानेजमेन्टले शुक्रबार यहि चैत १७ गते हुन गइरहेको एसइइका छात्र छात्रालाई विद्यालयका प्रधानाध्यापक आभा मिश्रले टिका, खाधा, मोडल तथा टोकन अफल लभ प्रदान गरी विदाई गरेकी छिन् ।

3 333535458_2151664285025033_3968159999956727725_n

कार्यक्रममा विद्यालयका छात्र छात्राहरुले नृत्य तथा गायन प्रस्तुत गरेका थिए । 

उक्त कार्यक्रममा कक्षा १२ का विद्यार्थी त्यस्तै उत्कृष्ट गरेका छात्र-छात्रा लगायत नियमित आउने अभिभावकलाई टोकन अफ लभ प्रदान गरेका थिए ।

उक्त कार्यक्रममा  विद्यालयका शिक्षक, शिक्षिका, नर्सरी देेखी कक्षा १२ सम्मका विद्यार्थी, अभिभावक, बुद्धिजिवि  लगायत पत्रकारहरुको सहभागिता रहेको थियो ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट