स्रोत नखुलेको ५ लाख भारु र ५ लाख नेपाली रुपैयाँसहित ३ जना नियन्त्रणमा

डेटूडे खबर डेस्क
२२ चैत्र २०७९
सर्लाही । सर्लाहीको कविलासी नगरपालिका ८ अगर्वाबाट शसस्त्र प्रहरीले ठुलो मात्रामा स्रोत नखुलेको रकमसहित ३ जनालाई नियन्त्रणमा लिएको छ ।
कविलासी नगरपालिका ८ अगर्वाबाट शसस्त्र प्रहरी बल नेपाल नम्बर १० हे।क्वा गण सर्लाहीबाट खटिएको शसस्त्र प्रहरीको टोलीले चेकजाँच गर्ने क्रममा ५ लाख नेपाली र ५ लाख भारतीय रुपैयाँसहित हरिवन नगरपालिका ११ बस्ने गान्धि साह, रूपन्देही तिलोत्तमाका राजेश बाँनिया र पर्सा वीरगन्जका अनिल साहलाई नियन्त्रणमा लिइएको सशस्त्र प्रहरी बल नेपाल नम्बर १० हे.क्वा गण सर्लाहीले जनाएको छ ।नियन्त्रणमा लिइएका उनीहरुलाई कार्बाही प्रक्रियाका लागि राजश्व अनुसन्धान कार्यालय पथलैया पठाएको शसस्त्र प्रहरीले जनाएको छ ।