सवा २ करोड बढीको सामान बोकेका ट्रक भन्सार बुझाइयो

डेटूडे खबर डेस्क
२३ चैत्र २०७९
बीरगञ्ज । बिल विजक भन्दा बढी विभिन्न किसिमका खुद्रा, कष्मेटिक, हार्डवेयर, औषधी तथा लत्ताकपडाहरू बोकेको दुईवटा ट्रक प्रहरीले नियन्त्रणमा लिएको छ ।
रगञ्जबाट कलैया र बिराटनगरतर्फ जाँदै गरेका ना ३ च ३१५० र ना ३ ख ५८९९ नम्बरका ट्रकहरू प्रहरीले बुधबार नियन्त्रणमा लिएको हो ।
ती ट्रकभित्र लोड रहेका खुद्रा, कष्मेटिक, हार्डवेयर, औषधी तथा लत्ताकपडाहरूको अन्दाजी मूल्य दुई करोड २६ लाख माथि रहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता निर्मल बुढाथोकीले बताए ।
नियन्त्रणमा लिइएका दुवै ट्रकलाई थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि बुधबार नै राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको प्रहरीले जनाएको छ ।