आचार्य श्रीनिवास रिहा

  डेटूडे खबर डेस्क
  १८ असोज २०८०

                            

जनकपुरधाम । धार्मिक हिंसा भड्किने अभिव्यक्ति दिएको आरोपमा पक्राउ परेका धर्मगुरु आचार्य श्रीनिवास रिहा भएका छन्। जिल्ला प्रशासन कार्यालय धनुषाले श्रीनिवासलाई ५ सय रुपैयाँ जरिवाना तिराएर रिहा गरेको हो।

 सार्वजनिक शान्तिविरुद्धको कसुरमा ५०० रुपैयाँ जरिवाना तिराएर आज रिहा गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका डीएसपी रञ्जन अवालेले जानकारी दिए। श्रीनिवासले आवेशमा आएर गलत बोलेको प्रहरीसमक्ष स्वीकार गरेको डीएसपी अवालेले बताए।

सुनसरीको बराहक्षेत्र नगरपालिका–चक्रघट्टीबाट पक्राउ परेका श्रीनिवासलाई बुधबार साँझ कारबाहीका लागि धनुषा ल्याइएको थियो। श्रीनिवासले असोज १२ गते जनकपुरधाममा भएको कार्यक्रममा हिंसात्मक अभिव्यक्ति दिएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट