मिथिला माध्यमिकी परिक्रमा आज कञ्चनवनमा

  डेटूडे खबर डेस्क
  ०४ चैत्र २०८०

                            

जनकपुरधाम  ।महोत्तरीको भंगहा नगरपालिका ९ स्थित कञ्चनवनमा आज १५ दिने मिथिला माध्यमिकी परिक्रमा यात्रीहरुले  एक आपसमा  रंग अविर  लगाई होली खेलीरहेका छन्।

धनुषाको कचरीबाट सुरु भएको मिथिला परिक्रमा यात्रीहरू आज कंचनवन पुगेका हुन् ।

आज कञ्चनवनमा परिक्रमामा सहभागी साधु सन्त, महन्थ र श्रद्धालुहरू एक आपसमा रंग अविर खेलेर होली मनाउने गर्दछन् । त्रेतायुगमा भगवान राम र माता सीता कञ्चनवनमा होली खेलेको जनविश्वास छ । सोही विश्वासका आधारमा परिक्रमा यात्रीहरू रंग अविर खेल्ने गर्छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट