दाईजोमा मोटरसाईकल नदिएपछि ज्योतीको हत्या, श्रीमान पक्राउ

डेटूडे खबर डेस्क
२२ वैशाख २०८२
जनकपुरधाम। दाईजोमा स्वीकार गरिएको मोटरसाईकल समयमा नदिएपछि एक युवतिलाई हत्या गरिदिएको आरोप परिवारजनले लगाएका छन् ।
महोत्तरीको पिपरा गाउँपालिका वडा नम्बर ६ रतौली बस्ने स्थानीय लक्ष्मी साहकी १८ बर्षिय छोरी ज्योती साहको हत्या गरिएको आरोप परिवारजनले लगाएका छन् ।
करिब ७ महिना अगाडी जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १३ पीडारी बस्ने स्थानीय रामहरी साहको २१ बर्षिय छोरा किसान साहले दाईजोमा मोटरसाईकल नदिएपछि हत्या गरेको बताएको छ ।
विवाहको बेला ससुरा पक्षले मोटरसाईकल दिन्छु भनी स्वीकार गरेको तर ७ महिना बित्दा पनि मोटरसाईकल नदिएको भन्दै मारेर झुण्डयाइदिएको आरोप माईती पक्षले लगाएको छ ।
गत सोमबार मात्र माईतबाट ससुरा आएकी ज्योती साह जनकपुरको प्रादेशिक अस्पतालमा मृत भेटिइन् । उनलाई घरमै मारेर झुण्डयाएको आरोप परिवारजनले लगाएको छ ।
प्रहरीले तत्कालै उनका श्रीमान किसन साहलाई पक्राउ गरेको छ । उनको सासुलाई समेत पक्राउ गरिएपनि वडाध्यक्षले जमानत बसेपछि उनलाई छाडिएको बताईएको छ ।
परिवारजनले दिएको जानकारी अनुसार, ज्योतिको पेटमा ३ महिनाको गर्भ थियो । लासको प्रकृति हेर्दा उनको कनचटमा जोडले हानिएको छ । हात समेत भाँचिएको देखिएको छ । आफ्नै घरमा झुण्डिएको अवस्थामा प्रहरीले फेला पारेको थियो । शव पोष्टमार्टमको लागि जनकपुर ल्याएपछि मात्र ज्योतिको परिवारलाई खवर गरिएको बताईएको छ ।
माईती पक्षले दाईजोको मोटरसाईकलको लागि अहिले रकम नभएको तथा दुई बर्षपछि मोटरसाईकल दिने वाचा गरेको थियो । यो बीचमै किसनले उनलाई मारेको आरोप लगाएको छ । यद्यपी, धनुषा प्रहरीले यसबारे केही जानकारी दिएको छैनन् ।