मधेश सरकारको नयाँ बजेट ४६ अर्ब ५८ करोड
_1749998400.jpg) 
                  
                            
                             डेटूडे खबर डेस्क  
                            
                             
                              ०१ आषाढ़ २०८२  
  
                        
                            जनकपुरधाम । मधेश प्रदेश सरकारले ४६ अर्ब ५८ करोड ३३ लाख रुपैयाँ बराबरको बजेट ल्याएको छ। प्रदेश सरकारका अर्थमन्त्री सुनिलकुमार यादवले प्रदेशसभामा बजेट प्रस्तुत गरेका हुन्। 
मन्त्री यादवले बजेट प्रस्तुत गर्दै चालू खर्चतर्फ १६ अर्ब ७२ करोड ५ लाख १७ हजार अर्थात् ३५.८९ प्रतिशत बजेट छुट्याएका छन्। त्यसैगरी पुँजीगततर्फ ३० अर्ब २६ करोड २८ लाख ३४ हजार अर्थात् ६४.११ प्रतिशत बजेट छुट्याएका छन्।
मधेश प्रदेशले सरकारी कर्मचारीहरूलाई दिने महँगी भत्ता बढाएको छ। प्रदेशका अर्थमन्त्री यादवले प्रदेश सरकारले प्रदान गर्दै आएको महँगी भत्ता बढाएर ५ हजार पुर्याएको घोषणा गरेका छन्। 
                        
                     
                    
                   |
 |  
                            
 
  
                           _1761906109.jpg) 
                            
                            
                            
                            
                           