विद्यालय तहकाे पाठ्यक्रममा स्वास्थ्य शिक्षा ऐच्छिक होइन अनिवार्य बनाउनुपर्छ
 
                  
                            
                             डेटूडे खबर डेस्क  
                            
                             
                              १९ आषाढ़ २०८२  
  
                        
                            जनकपुरधाम ।  स्वास्थ्य जीवनकाे लागि विद्यालय तहकाे पाठ्यक्रममा स्वास्थ्य शिक्षा ऐच्छिक हाेइन अनिवार्य बनाउनु पर्ने आवश्यक रहेकाे छ।
यौन तथा प्रजनन स्वास्थ्यका विषयमा काम गर्दै आएका सीप सूचना समाज (सिसो), नेपालका कार्यकारी निर्देशक खुमानन्द सुवेदीले विद्यालय तहमै यौन शिक्षाकाे ज्ञानदिनु आवश्यक रहेकाे बताएका छन्।
यस शिक्षालाई अनिवार्य गरेपछि याैन तथा प्रजन स्वास्थ्य,सुरक्षित गर्भपतन, लैङ्गकि हिंसा न्यूनीकरण,मानसिक स्वास्थ्य र परिवार याेजना लगायतमा विद्यार्थीहरू सचेत हुने बताएका छन्। यौन तथा प्रजनन स्वास्थ्यका विषयमा विद्यालय तहबाट शिक्षा दिन सके आउन सक्ने स्वास्थ्य समस्याबाट हामी बच्न सक्छौं सुवेदीले  बताए।
त्यस्तै यौन तथा प्रजनन स्वास्थ्य विज्ञ खेम कार्कीले  भने स्वास्थ्य र खु:सी सँग बाच्नु सबैकाे जन्मसिद्ध अधिकार हाे तर हाम्रो समाजकाे विडम्बना हेर्नु यहाँ त याैन शिक्षा काे बारेका कुरा उठाउन समेत गह्राे छ।  समाजमा याैन शिक्षा यौन स्वास्थ्य सबैका लागि आवश्यक विषय भए पनि समाजमा आफ्ना समस्या खुलेर काेहि राख्न  चाहदैनन् । उनले यसबारे सचेतना फैलाउन, यौन स्वास्थ्य शारीरिक, मानसिक र सामाजिक रूपमा आवश्यक रहेकाे, बुझाउन सरोकार भएका निकाय, सञ्चरकर्मी, सञ्चारमाध्यम लगायतको सहकार्य आवश्यक रहेकाे समेत बताए । 
                        
                     
                    
                   |
 |  
                            
 
  
                           _1761906109.jpg) 
                            
                            
                            
                            
                           