निजामती कर्मचारी मञ्चद्वारा वृक्षारोपन
 
                  
                            
                             डेटूडे खबर डेस्क  
                            
                             
                              १९ भदौ २०८२  
  
                        
                            जनकपुरधाम । नेपाल मधेशी निजामती कर्मचारी मञ्चद्वारा वृक्षारोपन कार्यक्रम सम्पन्न भएको छ ।
“व्यवसायिक र सिर्जनशिल प्रशासनः विकास, समृद्धि र सुशासन” भन्ने नाराका साथ २२औं निजामती सेवा दिवस, २०८२ सप्ताहव्यापी रुपमा  बिहिबार निजामती कर्मचारीहरुले मनाएका छन् ।
सप्ताह व्यापी कार्यक्रम (भाद्र १७ देखी २२ गते) सम्म तय भएको र सोही अन्तर्गत आज १९ गते वृक्षारोपन जनकपुरधाम स्थित भ्रमरपुरा चोक एवं बागवानी अगाडी विभिन्न प्रजातिका विरुवाहरु रोपन गरिएको नेपाल मधेशी निजामती कर्मचरी मञ्च धनुषा जिल्लाका उपाध्यक्ष सुशिल कुमार मण्डलले जानकारी दिए ।

कार्यक्रममा नेपाल मधेशी निजामती कर्मचारीका मञ्चका केन्द्रीय अध्यक्ष लालबाबु यादव, केन्द्रीय महासचिव अनिल कुमार साह, केन्द्रीय सदस्य सज्जन चौधरी, धनुषा जिल्ला अध्यक्ष बेचन साह, उपाध्यक्ष सुशिल कुमार मण्डल, उपाध्यक्ष राजिव प्रसाद साह, उपाध्यक्ष सुनिल पण्डित, सचिव अनिल श्रीवास्तव, समाजसेवी कामेश्वर साह लगायत स्थानीय अगुवाहरुको कार्यक्रममा सहभागिता रहेको थियो ।

                        
                     
                    
                   |
 |  
                            
 
  
                            
                            
                            
                            
                            
                           