प्रतिनिधिसभा निर्वाचन सम्पन्न गराउने काममा सघाउन राष्ट्रपतिको अपिल
_1757769406.jpg) 
                  
                            
                             डेटूडे खबर डेस्क  
                            
                             
                              २८ भदौ २०८२  
  
                        
                            काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभाको निर्वाचन सम्पन्न गराउने काममा सहयोग गर्न सबै पक्षलाई अपिल गरेका छन् ।
राष्ट्रपति पौडेलले शनिबार वक्तव्य जारी गरी बडो जुक्तीले प्राप्त अवसरको सदुपयोग गर्दै जनता रिझाउने र आफैंमा सम्हालिँदै आगामी फागुनका लागि तोकिएको चुनाव सम्पन्न गराउन सबै पक्षलाई अपिल गरेका हुन्। 
राष्ट्रपति पौडेलले  वक्तव्यमा भनेका छन्, 'देशको अत्यन्त असहज, विषम र भयपूर्ण परिस्थितिमा कठिन प्रयत्न पश्चात एउटा शान्तिपूर्ण निकास निस्किएको छ । संविधान बचेको छ, संसदीय प्रणाली बचेको छ र संघीय लोकतान्त्रिक गणतन्त्र कायम रहेको छ । छ महिनाभित्र प्रतिनिधिसभाको निर्वाचन सम्पन्न गरी अझ उन्नत लोकतन्त्रको बाटोमा अघि बढ्न जनताले अवसर पाएका छन् ।'
                        
                     
                    
                   |
 |  
                            
 
  
                           _1761906109.jpg) 
                            
                            
                            
                            
                           