चौधरीले घोषणा गरे नागरिक उन्मुक्ति पार्टी, नेपाल
 
                  
                            
                             डेटूडे खबर डेस्क  
                            
                             
                              २९ भदौ २०८२  
  
                        
                            काठमाडाैँ ।   नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संरक्षक रेशमलाल चौधरीले नयाँ पार्टी घोषणा गरेका छन् । आइतबार (भदौ २९) सामाजिक सञ्जालमार्फत उनले नागरिक उन्मुक्ति पार्टी परित्याग गर्दै ‘नागरिक उन्मुक्ति पार्टी, नेपाल’ घोषणा गरेका हुन् ।
उनले भने, “नागरिक उन्मुक्ति पार्टीको साथीहरूले मलाई संरक्षक भनिदिनुभयो, नागरिक उन्मुक्ति पार्टीका नेताहरूलाई मैले वर्षौं पालेको छु । म नागरिक पार्टीमा आजबाट हुन्नँ । मसँगै मेरो भावना, आन्दोलनको मर्म बुझ्ने साथीहरूले हातेमालो गर्ने अपेक्षा गरेको छु ।”
                        
                     
                    
                   |
 |  
                            
 
  
                            
                            
                            
                            
                            
                           