नवनियुक्त अर्थ, ऊर्जा र गृहमन्त्रीले शपथ लिए
 
                  
                            
                             डेटूडे खबर डेस्क  
                            
                             
                              ३० भदौ २०८२  
  
                        
                            काठमाडौं : प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद विस्तार गरेकी छिन्।
 
 
उनले नियुक्त गरेका तीन मन्त्रीले सोमबार पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।
नवनियुक्त मन्त्रीहरू रामेश्वर खनाल, ओमप्रकाश अर्याल र कुलमान घिसिङलाई शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले शपथ ग्रहण गराए।
घिसिङलाई उर्जाका साथै भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ। अर्याललाई गृह र कानुन तथा खनालले अर्थ मन्त्रालयको जिम्मेवारी पाएका छन्।  
जेनजी आन्दोलनका कारण नागरिक स्तरको सरकार गठन हुने परिस्थिति बनेपछि कार्की शुक्रबार प्रधानमन्त्री नियुक्त भएकी थिइन्।
                        
                     
                    
                   |
 |  
                            
 
  
                            
                            
                            
                            
                            
                           