टी–२० विश्वकप क्रिकेटमा पाकिस्तानको तेस्रो जित

  डेटूडे खबर डेस्क
  १३ कार्तिक २०७८

                            

जनकपुरधाम । आईसीसी टी–२० विश्वकप क्रिकेटमा पाकिस्तानले लगातार तेस्रो जित निकालेको छ ।

यूएईमा गएराति भएको खेलमा अफगानिस्तानलाई ५ विकेटले पराजित गर्दै पाकिस्तानले तेस्रो जित निकालेको हो ।

अफगानिस्तानले दिएको १ सय ४८ रनको लक्ष्य पाकिस्तानले १८ ओभर ६ बलमा ५ विकेट गुमाएर पूरा गर्यो ।   पाकिस्तानको जितमा कप्तान बाबर आजमले ४७ बलमा ५१ रनको अर्धशतकीय इनिङ्ग्स खेले ।

यस्तै आसिफ अलीले ७ बलमा अविजित रहँदै २५ रन बनाए भने फखर जमानले २० रन जोडे । सोयब मलिकले १९ रन बनाउँदा मोहम्मद हाफिजले १० रन बनाए ।

यसअघि पहिले ब्याटिङ गरेको अफगानिस्तानले २० ओभरमा ६ विकेट गुमाएर १ सय ४७  रन बनाएको थियो ।

अफगानिस्तानका लागि कप्तान मोहम्मद नाबीले अविजित ३५ रन जोड्दा गुल्बादिन नाइब ३५ रनमा अविजित रहे । 

 यस्तै नाजिब उल्लाह जाड्रनले २२ तथा करिम जनतले १५ रन बनाए भने अस्घर अफगान र रहमानउल्लाह गुरुबाजले १०/१० रन बनाए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट