सुशीला कार्की नेतृत्वकाे मन्त्रिपरिषद् बढीमा ११ सदस्यीय हुने

  डेटूडे खबर डेस्क
  ३१ भदौ २०८२

                            

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्की नेतृत्वकाे मन्त्रिपरिषद् बढीमा ११ सदस्यीय हुने भएकाे छ। बीबीसी नेपाली सेवालाई दिएकाे एक अन्तरवार्तामा प्रधानमन्त्री कार्कीले उक्त कुरा स्पष्ट पारेकी हुन्। 

 त्यसमा पनि सबै मन्त्रीहरू गैरराजनीतिक हुने कार्कीले उल्लेख गरेकी छन्। ‘मन्त्रिपरिषद् करिब १० देखि ११ भन्दा नराख्ने र कसको के क्षमता छ त्यो अनुसार हेरेर दिने हो‘‚ उनकाे भनाइ छ। 

प्रधानमन्त्री कार्कीले तीनजना मन्त्री बनिसकेकाले अब थपिने मन्त्रीहरूमा समावेशिता झल्किने गरी व्यक्ति खोजिने पनि बताइन्।

‘पोलिटिक्समा नरहनु भएका ननपोलिटिकल र कुनै संस्थामा काम गरेकाहरूलाई ल्याउँछौं', उनले भनिन्, 'त्यस्ता मान्छेकाे खोजी भइरहेको छ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट