प्रधानमन्त्री कार्कीसँग भारतीय राजदूतको भेट
डेटूडे खबर डेस्क
३१ भदौ २०८२
काठमाडौँ : अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्की र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवबीच शिष्टाचार भेटवार्ता भएको छ।
मंगलवार अपराह्न सिंहदरबारमा राजदूत श्रीवास्तवले प्रधानमन्त्री कार्कीलाई भेटेका हुन्। भेटका क्रममा नेपालको उन्नति र समृद्धिका लागि भारतले सधैँ सहयोग गर्दै आएको र आगामी दिनमा पनि नेपालको समृद्धिका लागि सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।
नेपालको विकास, पुनर्निर्माणमा भारतले सघाउने प्रतिबद्धता समेत व्यक्त गरेको छ। साथै नेपालमा शान्ति, सुशासन र स्थिरताको पक्षमा भारत रहेको बताए।
