राष्ट्रिय फुटबल प्रशिक्षक रसको राजीनामा

  डेटूडे खबर डेस्क
  १४ कार्तिक २०८२

                            

जनकपुरधाम । नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले पदबाट राजीनामा दिएका छन् । गत वर्ष फागुनमा एक वर्षका लागि रस नेपालको प्रमुख प्रशिक्षक नियुक्त भएका थिए । यद्यपि आफ्नो सम्झौता सहिन चार महिना बाँकी छँदै रसले राजीनामा दिएका छन् ।

पछिल्लो समय नेपालको राष्ट्रिय पुरुष फुटबलको प्रदर्शन कमजोर रहेपछि नैतिकताको आधारमा रसले राजीनामा दिएको बताइएको छ । रसको प्रशिक्षकत्वमा नेपालले खेलेका सात अन्तर्राष्ट्रिय खेलमध्ये एकमा मात्र जित हात पारेको थियो । रसको प्रशिक्षकत्वमा नेपालले एक खेलमा जित, चारमा हार र दुई बराबरीमा खेलेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट