मधेश प्रदेश सरकार गठनविरुद्ध रिट दायर

  डेटूडे खबर डेस्क
  २४ कार्तिक २०८२

                            

जनकपुरधाम । मधेश प्रदेशमा संविधानको धारा १६८ को उपधारा (३) बमोजिम सरकार गठन गरेको विरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ । रक्कीप्रसाद साह र सुजित यादवले मधेश प्रदेश प्रमुखको कार्यालय, मुख्यमन्त्रीको कार्यालय र मधेश प्रदेश सभालाई विपक्षी बनाएर आज रिट दायर गरेकाे हो ।

सर्वोच्च अदालतले रिट दर्ता गरेर रिटमाथि छलफलको लागि भोलिको तारिख तोकेको छ । रिट निवेदकहरुले संविधानको धारा १६८ को उपधारा (२) अनुसार नै नयाँ सरकार गठनको लागि आह्वान हुनुपर्ने माग गरेका छन् ।  

मधेश प्रदेशको मुख्यमन्त्री पदबाट जितेन्द्रप्रसाद सोनारले राजीनामा दिएका थिए । सोनारको राजिनामापछि रिक्त रहेको मुख्यमन्त्री पदमा प्रदेश प्रमुख सुमित्रा भण्डारीले संविधानको धारा १६८ को उपधारा (३) बमोजिम प्रदेश सभाको पहिलो दलको नेताका रूपमा एमाले संसदीय दलका नेता सरोजकुमार यादवलाई मुख्यमन्त्री नियुक्त गरेका थिए ।

प्रदेश प्रमुख भण्डारीले यादवलाई आज बिहान ४ बजे बर्दिबासको एक होटलमा नियुक्त गरी पद तथा गोपनीयताको शपथ खुवाएको हो । कांग्रेस, जसपा, जनमत, लोसपा, माओवादीसहितका सात दलले मुख्यमन्त्री नियुक्तिविरुद्ध सर्वोच्चमा जाने निर्णय गर्दै ७४ जना सांसदको हस्ताक्षर संकलन गरेका थिए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट