बुल्गेरियामा बसमा आगलागी, ४६ जनाको ज्यान गयो
डेटूडे खबर डेस्क
०७ मंसिर २०७८
जनकपुरधाम, ०७ मंसिर । बुल्गेरियामा बसमा आगलागी हुँदा ४६ जनाको जनाको ज्यान गएको छ ।
बुल्गेरियाको पश्चिमी क्षेत्रको राजमार्गमा बसमा आगलागी भएको त्यहाँको प्रहरीलाई उदृत गर्दै बीबीसीले जनाएको छ ।
आगलागीमा बालबालिका पनि परेका छन् । टर्कीबाट उत्तरी मेसेडोनियाका लागि छुटेको बसमा आगलागी भएको खबरमा उल्लेख छ ।
बसमा कसरी आगलागी भयो भन्नेबारे अनुसन्धान भइरहेको छ । स्थानीय प्रहरीकाअनुसार घटनास्थललाई 'सिल' गरिएको छ ।