न्युजिल्यान्डकी एक सांसद, जो साइकल चढेर बच्चा जन्माउन अस्पताल गइन्

  डेटूडे खबर डेस्क
  १३ मंसिर २०७८

                            

जनकपुरधाम, १३ मंसिर । न्युजिल्यान्डकी एक सांसद सुत्केरी बेथा लागेपछि साइकल चढेर अस्पताल पुगेकी छन् ।

अस्पताल पुगेको एक घण्टामै उनले बच्चा जन्माएकी बीबीसीले जनाएको छ । ‘बेथा लागेको बेलामा साइकल चलाउने मेरो कुनै योजना थिएन, तर त्यही गर्नुपर्यो’– सांसद जुली एन जेन्टरले साइकल चलाउँदै गरेको तस्बिरसँगै फेसबुकमा लेख्नु भएको छ ।

ग्रीन पार्टीको यातायात मामलाकी प्रवक्ता पनि रहेकी उहाँले यस्तो काम गरेको यो पहिलो पटक भने होइन । तीन वर्षअघि आफू मन्त्री हुँदा पनि उहाँले सुत्केरी हुन अस्पताल जाँदा साइकलको प्रयोग गर्नु भएको थियो। 

४१ वर्षीया उहाँले आफू र आफ्ना पतिले साइकल चलाएरै अस्पताल जाने निर्णय गर्दा आफूलाई कुनै सङ्कोच नलागेको पनि बताउनु भएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट