विवाहपञ्चमीको पाचौं दिन आज रामसीताको मटकोर मनाइँदै, तीन दिन सबै विद्यालय बन्द

  डेटूडे खबर डेस्क
  २१ मंसिर २०७८

                            

जनकपुरधाम, २१ मंसिर । सप्ताहव्यापी रामजानकी विवाहपञ्चमीको पाचौं दिन आज जनकपुरधाममा रामसीताको मटकोर विधिवत मनाइँदै छ ।

जनकपुरको धार्मिक तथा एतिहासिक गंगासागरमा आज मिथिलाको परम्परा अनुसार राम र जानकीको मटकोर गर्ने कार्यक्रम रहेको छ ।

रामसीता विवाह पञ्चमी महोत्सवको अवसरमा जनकपुरधामका सबै विद्यालय बन्द गरिएको छ ।

जनकपुरधाम उपमहानगरपालिकाले विवाह पञ्चमी मेलामा हुने भीडभाडलाई मध्यनजर गर्दै आज, भोलि र पर्सि तीन दिन सबै विद्यालयले बन्द गर्ने निर्णय गरे अनुसार शैक्षिक संस्थाहरु बन्द भएका हुन् । 

त्रेता युगमा भगवान राम र आदर्श नारी सीताबीच विवाह भएको स्मरणमा जनकपुरमा प्रत्येक वर्ष सप्ताहव्यापी रुपमा धुमधामसंग विवाहपञ्चमी महोत्सव मनाउने गरिन्छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट