धुमधामसित विवाहपञ्चमी महोत्सव मनाइँदै, जनकपुरमा विशेष रौनक
डेटूडे खबर डेस्क
२२ मंसिर २०७८
जनकपुरधाम, २२ मंसिर । आज जनकपुरधाममा मर्यादा पुरुषोतम् भग्वान राम र आदर्शनारी सीताको विवाह गरी रामजानकी विवाहपञ्चमी महोत्सव मनाइँदै छ । मंसिर शुक्ल पञ्चमी तिथि अर्थात आजकै दिन त्रेयता युगमा भग्वान राम र सीताबीच विवाह भएको स्मरणमा जनकपुरमा प्रत्येक वर्ष विवहपञ्चमी महोत्सव धुमधामसँग मनाइन्छ ।
त्रेता युगमा जुन प्रकारले राम सीताको विवाह प्राचिन मिथिलाको राजधानी जनकपुरमा भएको थियो त्यसै प्रकारले वर्तमानमा समेत राम जानकीको डोलालाई जनकपुरमा स्वंम्बर गरि वैदिक परम्परा अनुसार विवाह गर्ने प्रचलन हाल पनि कायमै छ ।
महोत्सवमा सहभागी हुन नेपाल तथा भारतका विभिन्न स्थानहरुबाट लाखौ श्रद्धालुहरु भक्तजनहरु जनकपुर आएका छन् ।
यसैबीच राष्ट्रपति विद्यादेवी भण्डारीले विवाह पञ्चमीको असरमा सबै नेपालीमा शुभकामना व्यक्त गरेकी छन् ।
माला राय