एमसीसी उपाध्यक्ष फतिमाको भेट प्रधानमन्त्रीसँग

  डेटूडे खबर डेस्क
  २६ भदौ २०७८

                            

२६ भाद्र २०७८, डे2डेखबर । 

काठमाडौं– एमसीसीका बारेमा दलहरुबीच फरक मत रहेका बेला नेपाल भ्रमणमा रहनु भएकी एमसीसीका उपाध्यक्ष फतिमा सुमार नेतृत्वको टोलीले प्रधानमन्त्री शेरबहादुर देउवाका साथै विभिन्न राजनीतिक दलका शीर्ष नेतृत्वसँग भेटवार्ता गर्नु भएको छ । भेटमा उपाध्यक्ष फतिमाले आयोजनाको उपादेयताका बारेमा जानकारी गराउँदै पारदर्शीपूर्ण छलफलका आधारमा परियोजना अगाडि बढाउँदा सहज हुने धारणा राख्नु भएको बताइएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट