भारतकी चेली हरनाज सन्धु मिस युनिभर्स विजेता

  डेटूडे खबर डेस्क
  २७ मंसिर २०७८

                            

जनकपुरधाम, २७ मंसिर । भारतकी हरनाज सन्धुले मिस युनिभर्स प्रतियोगिता जितेकी छिन् ।

यो सँगै २१ वर्ष पछि भारतले मिस युनिभर्सको ताज जितेको छ । भारतको  पञ्जाब, चण्डीगढकी मोडेल सन्धुले आज इजरायलमा भएको ७०औंँ मिस युनिभर्स प्रतियोगिताको फाइनलमा पाराग्वे र दक्षिण अफ्रिकाका गरी ७० जना प्रतिस्पर्धीलाई पछि पारिन् ।

उनले पढाइ सँगसँगै मोडलिङलाई अगाडि बढाउँदै लगेकी छिन् । उनी अहिले डिग्रीको पढाइ पूरा गर्ने तयारीमा छिन् । मिस युनिभर्समा भाग लिनु पहिला उनले चलचित्रमा समेत काम गरेकी थिइन् । उनले अभिनय गरेकाे चलचित्र आउँदो वर्ष रिलिज हुने बीबीसी हिन्दीले जनाएको छ ।

यस अघि सन् २००० मा लारा दत्तले मिस युनिभर्सकाे उपाधि जितेकी थिइन् भने सन् १९९४ मा सुस्मिता सेनले उपाधि हात पारेकी थिइन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट