भुटानद्वारा भारतीय प्रधानमन्त्री मोदीलाई सर्वोत्कृष्ट नागरिक पुरस्कार प्रदान

  डेटूडे खबर डेस्क
  ०२ पौष २०७८

                            

जनकपुरधाम, ०२ पुस । भुटानले आज शुक्रवार आफ्नो सर्वोच्च नागरिक पुरस्कार 'नगाडाग पेल्गी खोर्लो' भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई प्रदान गरेको छ । भुटानको प्रधानमन्त्री कार्यालयको आधिकारिक फेसबुक पोस्टमा भारतीय प्रधानमन्त्री माेदीलाई त्याे पुरस्कारबाट सम्मानित गरिएको जानकारी गराइएको छ । ‘भुटानी राजाबाट सर्वोच्च नागरिक सम्मानका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई छानेकोमा खुसी व्यक्त गर्नुभएको छ । भुटानका राजा जिग्मे खेसार नाम्गेल वाङचुकले वर्षौँको सहयोग र विशेष गरी कोभिड–१९ को महामारीको समयमा विस्तार गरिएको सहयोग र समर्थनको चर्चा गर्नुभएको छ । भुटानका राजाले भारतद्वारा विना सर्त बर्षौँदेखि पुर्‍याउँदै आएको र विशेष गरी महामारीको दौडान विस्तार गरिएको सबै मैत्रीपूर्ण सहयोग र समर्थनको चर्चा गर्दै भारतीय प्रधानमन्त्री पुरस्कारका लागि धेरै योग्य रहेको छ’, विज्ञप्तिमा उल्लेख छ । पुरस्कारका लागि भुटानका राजा र जनताको तर्फबाट भारतीय प्रधानमन्त्री मोदीलाई बधाई दिइएको छ । महामारी सुरु भएदेखि नै भारतले भुटानलाई कोभिड–१९ विरुद्धको खोप तथा अन्य चिकित्सा उपकरणको सहयोग प्रदान गर्दै आएको छ । यसै वर्षको सुरुतिर भुटानका प्रधानमन्त्री लोटे छिरिङले प्रधानमन्त्री मोदीलाई कोभिड–१९ खोपको पर्याप्त मात्रा उपलब्ध गराएकोमा बधाई दिनुभएको थियो । उहाँले भुटान भारतको निकट छिमेकी भएकाले अझ सुरक्षित महसुस  भएको पनि उल्लेख गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट