म्यानमारको सेनाले सर्वसाधारणको सामूहिक हत्या गरेको विवरण सार्वजनिक

  डेटूडे खबर डेस्क
  ०५ पौष २०७८

                            

जनकपुरधाम, ०५ पुस । म्यानमारको सेनाले सर्वसाधारणको सामूहिक हत्या गरेको विवरण सार्वजनिक भएको छ । बीबीसीले गरेको खोजपछि गएको जुलाईमा मात्र कम्तीमा ४० सर्वसाधारणको हत्या भएको विवरणहरू सार्वजनिक भएको हो । बीबीसीले प्रत्यक्षदर्शीसँगको कुराकानी र सेनाले यातना दिएर हत्या गरी सामूहिक रूपमा पुरिएको भिडियोसहित सामूहिक हत्याका विवरणहरू सार्वजनिक गरेको हो । विपक्षीहरूको पकड रहेको मध्य म्यानमारको सागिङ जिल्लाका विभिन्न चार ठाउँमा सेनाले सामूहिक हत्या गरेको हो । हत्या गरिएकामध्ये धेरैजसाे व्यक्तिलाई पहिला यातना दिइएको र चिहानमा गाडिएको भिडिओ तथा तस्बिरमा देखिन्छ । म्यान्मारको सेनाले मानव अधिकार उल्लङ्घन गरेका आरोपबारे अहिले संयुक्त राष्ट्र सङ्घले अनुसन्धान गरिरहेको बीबीसमा उल्लेख छ ।गएको फेब्रुअरीमा सेनाले 'कु' गरी सत्ता हातमा लिएपछि सरकार विरोधी प्रदर्शनहरू भइरहेका छन् । सैनिक 'कु' पछि नजरबन्दमा राखिएकी नेतृ आङ सान सुकीलाई अदालतले दुई वर्षको जेल सजाय सुनाएको छ । यस्तै सैन्य 'कु' को विरोधमा भएका प्रदर्शनहरूमा झन्डै एक हजार तीन सय जनाले ज्यान गुमाएका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट