प्रदेश नं.२ सरकारले नो मास्क नो सर्भिस अभियान चलाउने

  डेटूडे खबर डेस्क
  २७ भदौ २०७८

                            

जनकपुरधाम । प्रदेश २ सरकार कोरोना माहामारी बिरुद्धको सचेतना अभियान अन्तर्गत नो मास्क नो सर्भिस अभियान सञ्चालनमा ल्याउने भएको छ ।

मुख्यमन्त्री निवास मधेश भवनमा सम्पन्न प्रादेशिक कोभिड सङ्कट ब्यबस्थापन केन्द्रको बैठकले उक्त निर्णय गरेको हो ।
 
कोभिड-१९ को सङ्क्रमितहरुको सङ्ख्यामा कमि आए लगतै सर्बसाधारणले मास्कको प्रयोगमा हेलचक्र्याई गर्न थाले पछि प्रदेश सरकारले सरकारी कार्यालयहरुमा उक्त अभियान चलाउने निर्णय गरेको छ ।
सरकार मास्क प्रयोगमा सर्बसाधारणलाई सचेत गराउन सञ्चारमाध्यमहरु मार्फत बिज्ञापन प्रसारण प्रकाशन गराउने निर्णय समेत गरेको छ ।
 
मुख्यमन्त्री लालबाबु राउतको अध्यक्षतामा सम्पन्न उक्त बैठकमा आन्तरिक मामिला तथा सञ्चार मन्त्री, समाजिक बिकास मन्त्री, प्रमुख सचिब लगायतका विभिन्न मन्त्रालयका सचिबहरु सहित सरोकार वालाहरुको सहभागिता रहेको थियो ।
 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट